Tuesday, October 25, 2011

रोए

नीयतीले हाम्रो माया छुटाएको त्यो दिन सम्झी रोए
माया भुली तीमीले नीम्तो पठाएको त्यो दिन सम्झी
शाही दिए बर्षा हुरि दुखिरहे जीबनभरी
कठोर बनी तीमीले घाउ लगाएको त्यो दिन सम्झी रोए
घरि घरि मुटु जल्दा उदासिन यी नयनहरु


नीष्ठुरिलाई सम्झी आँशु बगाएको त्यो दिन सम्झी रोए
मनै भरि तीमी राखे तीमीले माया अन्तै साट्यौ
माया गर्ने मुटु मेरो दुखाएको त्यो दिन सम्झी रोए
मेरो माया तुच्छ भयो आफ्नै माया जाती भन्यौ
बदनाम गरि मेरा माया झुकाएको त्यो दिन सम्झी रोए
क्षितीज सम्म हेरि रहे अस्ताएको घाम बन्यौ
घात गरि मेरो प्रेमदिप नीभाएको त्यो दिन सम्झी रोए....

No comments:

Post a Comment