Tuesday, October 18, 2011

नेपाल




सुन्दर-शान्त-विशाल
मुटुभन्दा प्यारो
मेरो देश नेपाल
सोचमग्न छु
परदेश भूमिमा बसेर
छटपटी हुन्छ
एक घुट्को सोमरस पिउँछु
घाउहरू चर्चराउँछन्
लामो सर्को धुँवा उडाउँछु
शितल हुन्छ
सुकेका छैनन्
अझै रगतका टाटाहरू
रोकेका छैनन
टुहुरा लाला-बाला
अनि
बिधुवाका भक्कानोहरू
फुलेका छैनन लाली-गुराँस
उम्रेका छैनन बनमाराहरू

रिसको आभेसले झटारो हान्यो
भर गिलास सोमरसले मिटाइ दिए
लामो सर्को तानेर धुँवामा उडाइ दिए
कहिले जङल पसेर
कहिले शहर बसेर
बिकासको बत्ती
झ्याप्प-झ्याप्प निभायौं
न बस्न दियौ
त बाँच्न दियौ
युवा शक्ती बिदेश भगायौ
कन्सिरी तातेर आयो
एक घुट्कोमा बोतल रित्याए
एक श्वासमा खिल्ली सिद्याए
सोमरसले घुमाएको हो कि
धुँवाले उडाएको
आधा-बिहोसिमा बरबराएछु
राष्ट्रनायकहरू हो !
मेरो देश आज
चिहानमा सुतेको छ

No comments:

Post a Comment