Saturday, October 15, 2011

थियो भने

ब्यार्थै किन भेटियौ छुटिनु थियो भने ?
बिना अर्थ सम्बन्ध टुटिनु थियो भने !

खै किन जोगाए छु ?जोवन् तिमीलाई
अचानक् भाग्य यो फुटिनु थियो भने !

किन ख्याल् राखें मैले,मान् मर्यादाको
बेहिसाब् यौवन् पुरै लुटिनु थियो भने !

किन जोडे नाता मैले,सम्झी सधैंलाई
आधी बाटो मक्केर चुटिनु थियो भने !

भुल् गरें रोपेर मैले मायाको फुलबारी
बिना झरी-असिना, कुटिनु थियो भने.......................

No comments:

Post a Comment