Saturday, October 15, 2011

तिमीले

मलाई भूली अन्तै नाता,कतै जोड्यौ कि सानु तिमीले
देऊरालीलाई भाकी खाएको कसम,कतै तोड्यौ कि सानु तिमीले

संगै जिऊने-सँगै मर्ने भनी चालेका ती पाइला
बिच बाटोमै अन्तै कतै,मोड्यौ कि सानु तिमीले
...

   
कहिले तिमी माथि,कहिले म तल
भएका ती रंगिन् रातहरु,कतै छोड्यौ कि सानु तिमीले

सपनीमा देख्छु तिमीलाई,सजीएको रातो सारीमा
पराइको घुम्टो,कतै ओड्यौ कि सानु तिमीले!!!!!!!!!! ..

No comments:

Post a Comment