Tuesday, October 25, 2011

तिमि नै हो

अस्ति देखेँ, बोलाउँदा कोल्टो  फर्किने तिमि नै हो ।
के देख्यौ कुन्नी अन्तै तिर लर्किने तिमि नै हो ।
माछाको को त के दोष भोर नदीले बाटो फेरेपछि
भाग्यलाई दोष लगाउँदै तर्किने तिमि नै हो ।
म भन्थे माया माया, तिमी भन्थ्यौ अरु के के
मिठो स्वरमा कुरा गथें, झर्किने तिमि ने हो ।
के गर्यै  के गर्यै , अलमलमा पारि गयौ
अँगालोमा बोलाउँदा मर्किने तिमी नै हो ।
यस्तै गरि विताइ दिन्छु जीन्दगी मैले त

ख्याल गर बेलैमा चर्किने तिमी नै हो ।
 अस्ति देखेँ, बोलाउँदा उता   फर्किने तिमि नै हो ।.....

No comments:

Post a Comment