Saturday, October 15, 2011

maa....



अध्यारो फाँटमा तिम्रो याद गरिरा'छु म
तिम्रो तस्वीरसंग धेरै बात गरिरा'छु म

सानो मुटु भएर पनि मर्का ज्यादा बोकेको छु
पीडा पालेर मुटुलाई आघात गरिरा'छु म
   
परेली भिजेको हैन छाती ढाप भएको छ
दिल देखि वेदनाको बर्सात गरिरा'छु म

शून्य बचाइ मेरा पिउनु मै सीमित भए
यसरी नै आफूलाई वर्वाद गरिरा'छु म
   
लेखेनछ भावीले संयोग भन्ने मेरा लागि
वियोगका शेरमा आफूलाई अनुवाद गरिरा'छु म..............

No comments:

Post a Comment